शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन गजुरीमा सम्पन्न

राप्रपा धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन गजुरीमा सम्पन्न

शिवराज आचार्य

१५, आश्विन २०८३
  • 813
    SHARES
  • राप्रपा धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन गजुरीमा सम्पन्न

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन तथा प्रदेश १ (क) र १ (ख) को प्रदेश अधिवेशन धादिङको गजुरीमा सम्पन्न भएको छ।

    images
    images

    क्षेत्रीय अध्यक्ष विनोदकुमार पाठकको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ प्रमुख अतिथि र प्रतिनिधिसभा सदस्य सरस्वती तामाङ विशेष अतिथि रहनुभएको थियो।

    कार्यक्रममा राप्रपा धादिङका जिल्ला अध्यक्ष धुर्वप्रसाद खनाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय अध्यक्ष अमर आर्य, आमन्त्रित केन्द्रीय सदस्य सहदेव भारती, बागमती प्रदेश कार्यसमिति सदस्य गणेश लामा लगायतको उपस्थिति थियो।

    344e6299-4ce8-4deb-9cdc-6622ebaa3a5b.jfif

    निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धुनीबेँसी नगरपालिका तथा पाँचवटै गाउँपालिकाबाट क्षेत्रीय र प्रदेश अधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा प्रदेश १ (ख) का अध्यक्ष जितबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो। जिल्ला अध्यक्ष खनाल, प्रतिनिधिसभा सदस्य सरस्वती तामाङ र प्रमुख अतिथि बुद्धिमान तामाङले पार्टीको नीति तथा नियम, आगामी महाधिवेशन र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्नुभएको थियो।

    अधिवेशनले विनोदकुमार पाठकको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति पुनर्गठन गरेको छ। यस्तै, प्रदेश १ (क) को कार्यसमिति रामबहादुर आचार्यको अध्यक्षतामा र प्रदेश १ (ख) को कार्यसमिति राजन सेढाईको अध्यक्षतामा गठन गरिएको जनाइएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८३ बिहिवार - ११:२०:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology