शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालन हुने

पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालन हुने

नागरिक पाटी

१४, आश्विन २०८३
  • 2.1K
    SHARES
  • पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालन हुने

    अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरोरअवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।

    images
    images

    गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ ।

    हाल वर्षा रोकिएको भए तापनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै छ । जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने सम्भावना रहेकाले प्रशासनले सम्पूर्ण सवारी चालक, यात्री तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

    साथै, सवारीसाधन चलाउँदा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण रूपमा पालना गर्न समेत अनुरोध गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - ०८:०९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology