आइतवार, आश्विन २५ गते २०८३

Sunday, Oct 11 2026 आइतवार, आश्विन २५ गते २०८३

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नागरिक पाटी

१०, भाद्र २०८३
  • 2.3K
    SHARES
  • यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । आगामी एसिया कप तथा यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरिएको छ ।

    images

    क्यानले अन्तिम टोली चाँडै घोषणा गर्नेछ । क्यान सचिव पारस खड्काका अनुसार प्रथम चरणको क्याम्पमा पर्नेहरूमा कप्तान सोनी पाख्रिन, प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी, अञ्जिला पाठक रहेका छन् ।

    यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमार यादवले पनि बन्द प्रशिक्षणमा मौका पाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - ०५:४०:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology