पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी सञ्चालन गर्ने तयारी भएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि हाल सवारी आवागन पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभाले भित्तापट्टीको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।
भोलि बिहान ७ बजे देखि दुईतर्फी सवारी सञ्चालनका लागि सडक विस्तार गरिने र साँझ ६ बजेबाट दुईतर्फी सवारी सञ्चालन गर्ने सडक विभागको भनाइ छ । राजमार्गमा यात्राअघि ट्राफिक प्रहरीसँग सूचना लिएर मात्रै अघि बढ्न सडक विभागले यात्रुलाई आग्रह गरेको छ ।