सोमवार, आश्विन २६ गते २०८३

Monday, Oct 12 2026 सोमवार, आश्विन २६ गते २०८३

लिग २ क्रिकेटमा क्यानडामाथि नेपालको जित

लिग २ क्रिकेटमा क्यानडामाथि नेपालको जित

नागरिक पाटी

२५, आश्विन २०८३
  • 1.5K
    SHARES
  • लिग २ क्रिकेटमा क्यानडामाथि नेपालको जित

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।

    images

    क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए । नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले २-२ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको शतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो ।
    रोहितले सर्वाधिक १०१ रन बनाए । १२७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले ३४ बलमा ४८ रनको क्यामिओ पारी खेले । अर्जुन कुमालले २३ रन बनाए ।

    क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए ।

    यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो । त्यसपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।

    आजको जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - १९:२०:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology