शनिवार, आश्विन २४ गते २०८३

Saturday, Oct 10 2026 शनिवार, आश्विन २४ गते २०८३

धुनिबेसी नगर कप फुटबल प्रतियोगिता असोज २६ देखि, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ

धुनिबेसी नगर कप फुटबल प्रतियोगिता असोज २६ देखि, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ

नागरिक पाटी

२३, आश्विन २०८३
  • 3.5K
    SHARES
  • धुनिबेसी नगर कप फुटबल प्रतियोगिता असोज २६ देखि, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ

    धादिङको धुनिबेसी नगरपालिकामा ‘धुनिबेसी नगर कप फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । वडा स्तरीय प्रतियोगिता आगामी असोज २६ गतेदेखि ३१ गतेसम्म धुनिबेसी खेल मैदान (पुरानो धार्के), वडा नम्बर ५ मा सञ्चालन हुने आयोजकले जनाएको छ ।

    images

    धुनिबेसी नगरपालिका आयोजक तथा नौबिसे युवा समाज सह–आयोजक रहेको प्रतियोगितामा ११/११ जना खेलाडी सम्मिलित टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
    प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

    प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, हाई स्कोरर, बेस्ट प्लेयर र राइजिङ स्टार विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले कपसहित २ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितासम्बन्धी थप जानकारीका लागि दीपेश कोईराला (९८२३२२७३९०) र सबिन खत्री (९८१३९६५५४८) लाई सम्पर्क गर्न सकिनेछ ।

    images
    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८३ शुक्रवार - ०८:४२:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology