शुक्रवार, आश्विन २३ गते २०८३

Friday, Oct 09 2026 शुक्रवार, आश्विन २३ गते २०८३

नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही

नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही

नागरिक पाटी

२२, आश्विन २०८३
  • 50
    SHARES
  • नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही

    नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिनअघि ४ वटा मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए ।

    images

    धादिङको नौबिसेतर्फबाट सुरुङमा छिरेका २ वटा मोटरसाइकल र एउटा स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । ट्राफिक प्रहरीले बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर, गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरको मोटरसाइकललाई जरिवाना गरेको हो । ती मोटरसाइकललाई निषेधित ठाउँमा सवारी चलाएको कसुरमा ५ सय देखि १५ सयसम्म जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए ।

    नागढुंगा सुरुङभित्र सुरक्षाका कारण दुईपांग्रे सवारी साधन, पैदल यात्रु, तीनपांग्रे सवारी साधन र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ । तर, नियम उल्लङ्घन गरेर दुईपांग्रे सवारी त्यहाँ अनधिकृत रूपमा प्रवेश गर्ने गरेका छन् । सुरुङ मार्ग सञ्चालन भएदेखि हालसम्म ३२ वटा दुईपांग्रे सवारीलाई कारबाही गरिएको एसपी सुवेदीलाई बताए ।

    पछिल्लो समय एउटा मोटरसाइकल नागढुंगा तर्फको भागबाट छिरेर नौबिसे निस्किएको सीसीटिभीमा देखिएको छ । सो सवारीलाई ट्राफिक प्रहरीले खोजिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - २१:०२:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology