शुक्रवार, आश्विन २३ गते २०८३

Friday, Oct 09 2026 शुक्रवार, आश्विन २३ गते २०८३

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शैक्षिक तथा राहत सामग्री वितरण

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शैक्षिक तथा राहत सामग्री वितरण

शिवराज आचार्य

२२, आश्विन २०८३
  • 260
    SHARES
  • भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शैक्षिक तथा राहत सामग्री वितरण

    धादिङ । प्रयास नेपाल धादिङले चाइल्डफन्ड जापानसँगको साझेदारीमा सञ्चालित ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत भोटेकोशी बाढीपछिको प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत बेनीघाट रोराङ गाउँपालिकाका तीन विद्यालयमा शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।

    images

    कार्यक्रमअन्तर्गत ११३ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित झोला, कापी, पेन, पेन्सिल, न्यानो कपडा (फ्लिस ज्याकेट तथा ऊनी टोपी), स्वच्छता सामग्री र ब्रोसर वितरण गरिएको हो। त्यसैगरी ८६ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन प्रदान गरिएको प्रयास नेपालले जनाएको छ।

    विद्यालयको आवश्यकता अनुसार शंखादेवी माध्यमिक विद्यालयमा १२ वटा रिचार्जेबल सोलार लाइट तथा बुद्धि विकास आधारभूत विद्यालयमा ट्रली स्पिकर समेत वितरण गरिएको थियो। बाढीबाट प्रभावित विद्यालयमा पठनपाठनलाई सहज बनाउन तथा बालबालिकाको शैक्षिक निरन्तरता कायम राख्न सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याले बताउनु भयो।

    विपद्को कठिन परिस्थितिमा बालबालिकाको शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले प्रभावित विद्यार्थीलाई विद्यालयमा नियमित हुन र पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ।

    कार्यक्रम अन्तर्गत विद्यालयको आवश्यकताअनुसार अन्य सहयोग सामग्रीसमेत उपलब्ध गराइएको थियो। चाइल्डफन्ड जापान र प्रयास नेपालको सहकार्यमा सञ्चालित कार्यक्रमले विपद्पछि प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता र विद्यालयको सिकाइ वातावरण पुनः सहज बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको SAFE परियोजनाका कार्यक्रम संयोजक सन्तोष सत्यालले बताउनु भयो।

    कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य ईश्वरीमाया प्रजा र निर्मला श्रेष्ठ, गाउँ शिक्षा अधिकारी सन्तोष पौडेल, चाइल्डफन्ड जापानका एरिया म्यानेजर कविराम बाठामगर, स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, कार्यकारी निर्देशक दामोदर आर्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

    त्यस्तै, चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश रेग्मी र बुद्धि विकास आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक किरण सेन ठकुरी लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

    838804647_1981857423215978_732481001481303750_n.jpg841318814_1981858279882559_2613619912072638488_n.jpg840698389_1981860593215661_557564630516212222_n.jpg

    837950030_1981857333215987_6812431590196856058_n (1).jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - २२:१४:४५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology