आइतवार, आश्विन २५ गते २०८३

Sunday, Oct 11 2026 आइतवार, आश्विन २५ गते २०८३

वाग्मतीसहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना

वाग्मतीसहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना

नागरिक पाटी

२४, आश्विन २०८३
  • 1.1K
    SHARES
  • वाग्मतीसहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना

    देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    images

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०८३ शनिवार - ०७:४०:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology