बिहिवार, कार्तिक १९ गते २०८३

Thursday, Nov 05 2026 बिहिवार, कार्तिक १९ गते २०८३

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

नागरिक पाटी

१९, कार्तिक २०८३
  • 1.1K
    SHARES
  • केही भूभागमा वर्षा र हिमपातको सम्भावना

    देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    images

    कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०८३ बिहिवार - ०९:०३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology