सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तको नगद राहत, व्यवसाय पुनःसञ्चालनमा पनि सघाउने

बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तको नगद राहत, व्यवसाय पुनःसञ्चालनमा पनि सघाउने

आशिष ठकुरी

१५, कार्तिक २०८३
  • 3.1K
    SHARES
  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तको नगद राहत, व्यवसाय पुनःसञ्चालनमा पनि सघाउने

    नुवाकोट — भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद राहत उपलब्ध गराएको छ। संस्थाले तत्कालीन राहतसँगै प्रभावित सदस्यहरूको व्यवसाय पुनःसञ्चालन र आर्थिक पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    images
    national 1.jpeg

    नुवाकोटको किस्पाङ शाखामा आबद्ध बाढी प्रभावित सदस्यहरूको अवस्था बुझ्न स्थलगत रूपमा पुगेका संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले क्षतिको अवस्थाअनुसार राहत रकम हस्तान्तरण गर्नुभएको हो।

    संस्थाले परिवारका सदस्य गुमाई घरबारविहीन भएका सदस्यलाई २५ हजार रुपैयाँ, घरबारविहीन भएका सदस्यलाई २० हजार रुपैयाँ र घरबासमा क्षति पुगेका सदस्यलाई ५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ। उपलब्ध गराइएको रकमबाट प्रभावित परिवारलाई औषधि, लत्ताकपडा तथा खाद्यान्नजस्ता अत्यावश्यक सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।

    national 4.jpeg

    राहत वितरणका क्रममा प्रमुख कार्यकारी अधिकृत यादवले विपद्का कारण समस्यामा परेका सदस्यहरूलाई तत्काल कर्जा किस्ता भुक्तानीका लागि दबाब नदिइएको स्पष्ट पार्नुभयो। उहाँले प्रभावित सदस्यहरूको व्यवसाय पुनःसञ्चालन तथा आर्थिक अवस्था सुधारका लागि संस्थाले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

    संस्थाका अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा बाढीबाट प्रभावित सदस्यहरूलाई राहत उपलब्ध गराउन करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसअघि संस्थाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःउत्थानका लागि नेपाल सरकारलाई ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराइसकेको जनाएको छ।

    national 3.jpeg

    राहत वितरण कार्यक्रममा केन्द्रीय कार्यालय बनेपाका सञ्चालन विभागका मदन रिजाल, अनुगमन अधिकृत रामचन्द्र लोहनी, किस्पाङ शाखा प्रमुख विष्णुमाया श्रेष्ठ, छहरे शाखा प्रमुख सीता श्रेष्ठलगायत प्रभावित क्षेत्रका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

    national 2.jpeg

    बाढीबाट घरबास र जीविकोपार्जनका आधार गुमाएका सदस्यहरूलाई तत्काल राहतसँगै पुनःव्यवसाय सञ्चालनमा सहयोग गर्ने संस्थाको प्रतिबद्धताले प्रभावित परिवारको आर्थिक पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८३ आइतवार - २०:५०:१८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology