सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

धुनिवेशीमा व्यावसायिक बंगुर फार्म दर्ता गर्न ३० दिनको समय, नियम पालना नगरे कारबाही हुने

धुनिवेशीमा व्यावसायिक बंगुर फार्म दर्ता गर्न ३० दिनको समय, नियम पालना नगरे कारबाही हुने

आशिष ठकुरी

१६, कार्तिक २०८३
  • 638
    SHARES
  • धुनिवेशीमा व्यावसायिक बंगुर फार्म दर्ता गर्न ३० दिनको समय, नियम पालना नगरे कारबाही हुने

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यावसायिक बंगुर फार्मलाई अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक बंगुर फार्म दर्ता तथा सञ्चालन मापदण्ड, २०८३ बमोजिम फार्म सञ्चालन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

    images

    नगरपालिकाका अनुसार यसअघि नै दर्ता भई सञ्चालनमा रहेका बंगुर फार्म सञ्चालकले मापदण्डमा तोकिएबमोजिम आवश्यक कागजातसहित आफ्नो दर्ता विवरण अद्यावधिक गर्नुपर्नेछ। हालसम्म दर्ता नगरी सञ्चालनमा रहेका फार्म सञ्चालकले समेत नियमानुसार दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

    नियमअनुसार दर्ता नगरी वा मापदण्डविपरीत बंगुर फार्म सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।

    नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित नगरकार्यपालिकाको कार्यालयमा निवेदन पेस गरी दर्ता प्रक्रिया पूरा गर्न सम्बन्धित सबै बंगुर फार्म सञ्चालकलाई आग्रह गरेको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालद्वारा हस्ताक्षरित सूचनामा नियमको पालना गरी व्यवस्थित रूपमा बंगुर फार्म सञ्चालन गर्न अनुरोध गरिएको छ।

    सुचना : 

    dhunibeshi.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८३ सोमवार - १४:५३:२५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology