धादिङ । धादिङको गल्छी गाउँपालिकामा वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गल्छी गाउँपालिकाको आयोजनामा आगामी कात्तिक १८ गतेदेखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता गल्छी गाउँपालिका–६, बैरेनी बजारमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ।
स्थानीय युवाको खेल प्रतिभा उजागर गर्ने, मनोरञ्जन प्रदान गर्ने तथा खेलकुदका माध्यमबाट स्वस्थ र सुसंस्कृत वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा गल्छी गाउँपालिकाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, खेलप्रेमी, युवा, खेलकुदसँग सम्बन्धित क्लब तथा समाज, बालक्लब, नागरिक समाज, पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत सम्पूर्ण नागरिकलाई उपस्थितिका लागि गाउँपालिकाले हार्दिक निमन्त्रणा गरेको छ।
प्रतियोगिताको उद्घाटन कात्तिक १८ गते बिहान ८ बजे हुने छ भने समापन कार्यक्रम कात्तिक २० गते दिउँसो ३ बजे आयोजना गरिने गाउँपालिकाले सार्वजनिक गरेको निमन्त्रणामा उल्लेख छ।
सुचना :