सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

नागरिक पाटी

१६, कार्तिक २०८३
  • 526
    SHARES
  • एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

    नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएको हो ।

    images

    यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

    निगमले ग्यास उद्योगहरू एकआपसमा गाभिँदा बिक्री वितरण प्रणाली थप व्यवस्थित र सहज हुने अपेक्षा गरेको छ । यसबाट उपभोक्तालाई ग्यास आपूर्ति तथा वितरणमा समेत सहजता पुग्ने निगमको विश्वास छ ।

    uddyog gyas.webp

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८३ सोमवार - १३:१८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology