सोमवार, मंसिर ७ गते २०८३

Monday, Nov 23 2026 सोमवार, मंसिर ७ गते २०८३

थाक्रेमा मंसिर १८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

थाक्रेमा मंसिर १८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

नागरिक पाटी

६, मंसिर २०८३
  • 729
    SHARES
  • थाक्रेमा मंसिर १८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

    धादिङको थाक्रे गाउँपालिकाको आयोजनामा १६औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर १८, १९ र २० गते सञ्चालन हुने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा पालिकाभित्रका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थी खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स ९दौड तथा फिल्ड इभेन्ट०, मार्सल आर्ट्सअन्तर्गत तेक्वान्दो, उसु, सान्सु तथा कराँतेलगायत खेल समावेश गरिएको छ।

    images

    सहभागी विद्यालयहरूले खेलाडीहरूको आवश्यक कागजात, नामावली तथा सहभागिता फाराम मंसिर १४ गते बिहान १० बजेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको रु। ५ लाख बराबरको बीमा गरिने व्यवस्था समेत गरिएको छ।

    गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि पालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ। प्रतियोगिता थाक्रे गाउँपालिका–१० स्थित दोभाने खेलमैदानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०८३ आइतवार - ०९:५२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology