शनिवार, मंसिर ५ गते २०८३

Saturday, Nov 21 2026 शनिवार, मंसिर ५ गते २०८३

भारत ए सँग नेपालको फराकिलो हार

भारत ए सँग नेपालको फराकिलो हार

नागरिक पाटी

४, मंसिर २०८३
  • 99
    SHARES
  • भारत ए सँग नेपालको फराकिलो हार

    नेपालले एसीसी एसिया कप राइजिङ स्टार्समा नेपाल भारत (ए) सँग ३०६ रनको फराकिलो हार व्यहोरेको छ । शुक्रबार कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै समेटियो ।

    images

    नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाँच ब्याटर रनको खाता पनि नखोली पभेलियन फर्किए । भारतका प्रिन्स यादवले पाँच, हर्षित रानाले चार, शहबाज अहमदले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

    भारतका कुमार कुशाग्रा र तिलक वर्माले शतक प्रहार गरे । कुमारले सर्वाधिक ११७ रनको योगदान गरे । उनले १०२ बलमा १० चौका र चार छक्का प्रहार गरे । तिलकले ११३ बलमा ६ चौका र चार छक्काको मद्दतले १०७ रन बनाए । शुर्यान्स सेड्गेले अविजित ३६ र वैभव सूर्यवंशीले २६ रन जोडे । नेपालका ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले तीन-तीन, नन्दन यादवले दुई र पवन सर्राफले एक विकेट लिए । अब नेपालले आइतबार यूएईको सामना गर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - २१:३५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology