शनिवार, मंसिर ५ गते २०८३

Saturday, Nov 21 2026 शनिवार, मंसिर ५ गते २०८३

भोटेकोशी बाढी प्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग

भोटेकोशी बाढी प्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग

शिवराज आचार्य

४, मंसिर २०८३
  • 449
    SHARES
  • भोटेकोशी बाढी प्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग

    धादिङ । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनुका साथै उनीहरूको सिकाइ, स्वास्थ्य तथा संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रयास नेपाल धादिङले शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री वितरण गरेको छ ।

    images

    चाइल्डफन्ड जापानसँगको साझेदारीमा सञ्चालित ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत भोटेकोशी बाढी प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत सामग्री वितरण गरिएको हो ।

    WhatsApp Image 2026-11-20 at 5.57.06 PM.jpeg
    कार्यक्रमअन्तर्गत गल्छी गाउँपालिका–२ स्थित रक्तबच्छला आधारभूत विद्यालयका ९८ जना बालबालिकालाई विद्यालय झोला, कापी, कलम, पेन्सिल, फ्लिस ज्याकेट, ऊनी टोपी, स्वच्छता सामग्री तथा जानकारीमूलक पुस्तिका वितरण गरिएको छ । विद्यालयका १२ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन तथा विद्यालयलाई आवश्यक शिक्षण–सिकाइ सामग्रीसमेत सहयोग गरिएको छ ।

    उक्त कार्यक्रममा वडा सदस्य सुदीप मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन श्रेष्ठ, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाइल्डफन्ड जापानका स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक सन्तोष सत्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवक र विद्यालयका प्रधानाध्यापक टीकाबहादुर आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    यसैगरी, सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयका ३ सय १५ जना बालबालिकालाई विद्यालय झोला, कापी, कलम, पेन्सिल, फ्लिस ज्याकेट, ऊनी टोपी, स्वच्छता सामग्री तथा जानकारीमूलक पुस्तिका वितरण गरिएको छ । विद्यालयका २५ जना शिक्षकलाई झोला, डायरी र पाइलट पेन तथा विद्यालयका लागि आवश्यक शिक्षण–सिकाइ सामग्रीसमेत सहयोग गरिएको छ ।

    कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वडा अध्यक्ष सानु गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामशरण गिरी, प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाइल्डफन्ड जापानका स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक सन्तोष सत्याल, प्रयास नेपालका कर्मचारी तथा स्वयंसेवक र विद्यालयका प्रधानाध्यापक लालबहादुर विकलगायतको उपस्थिति रहेको थियो ।

    भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरता, स्वास्थ्य, सरसफाइ तथा संरक्षणलाई प्राथमिकतामा राखेर गरिएको सहयोगले विपद्पछिको कठिन परिस्थितिमा बालबालिकालाई विद्यालयको नियमित सिकाइ प्रक्रियामा जोडिन तथा सुरक्षित र सहज शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

    दुवै विद्यालयका गरी कुल ४ सय १३ जना विद्यार्थी र ३७ जना शिक्षकलाई सहयोग गरिएको प्रयास नेपालले जनाएको छ ।

    कार्यक्रमका केही तस्बिरहरु ः

    WhatsApp Image 2026-11-20 at 5.57.38 PM.jpegWhatsApp Image 2026-11-20 at 5.55.51 PM.jpegb1ebff01-d942-4412-9524-70d7bda62e0e.jfif4e072b1d-0547-4504-92e6-3b2a2f6acc8e.jfifcd893200-e935-46aa-a8b6-9c6d33c4bcfa.jfif4c81d4f0-e03b-45e4-ab8f-8c0b119dc96d.jfif73d994ee-b5ab-4c27-82e6-2cc69e90b325.jfif



    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - २१:०२:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology