शनिवार, मंसिर ५ गते २०८३

Saturday, Nov 21 2026 शनिवार, मंसिर ५ गते २०८३

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

नागरिक पाटी

४, मंसिर २०८३
  • 995
    SHARES
  • नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

    नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार देखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो । प्रशासनले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो ।

    images

    "नागढुंगा–मुग्लिनसडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो गई सवारी आवागमन प्रभावित बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३/०८/०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म (दैनिक ५ घण्टा) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुंगा/माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ," प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

    उक्त सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

    सो समयावधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

    तोकिएको समयमा उक्त सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - २१:०७:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology