शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नागढुंगा सुरुङमार्ग १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्ग १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागरिक पाटी

४, मंसिर २०८३
  • 477
    SHARES
  • नागढुंगा सुरुङमार्ग १५ दिनमै उठ्यो १ करोड ६४ लाख

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क लिन थालेसँगै डेढ करोडभन्दा बढी राजस्व उठेको छ । १५ देखि ३० कात्तिकसम्म १ करोड ६४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । यस अवधिमा १ लाख १९ हजार २९ वटा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

    images

    सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ । मिनी बस, मिनी ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको सडक बोर्ड नेपालको भनाइ छ । बस र ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । ठूला ट्रक र हेभी सवारी (लरी) ले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्छ ।

    एक दिनमा सबैभन्दा बढी १० हजार ३ सय ५४ र सबैभन्दा कम ४ हजार २ सय ६६ सवारीसाधन गुडेका छन् । एकै दिन सबैभन्दा धेरै १४ लाख ६५ हजार ९ सय १५ र सबैभन्दा कम ३ लाख ७१ हजार ८ सय ५० रुपैयाँ राजस्व उठेको आयोजनाले बताएको छ । यसअनुसार औसतमा दैनिक ७ हजार ९ सय ३५ सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने गरेका छन् । र, १० लाख ९६ हजार ४ सय ६७ रुपैयाँ राजस्व उठ्ने गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - ०९:०५:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology