मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday, Nov 10 2026 मंगलवार, कार्तिक २४ गते २०८३

एनपीएलमा जनकपुर र सुदूरपश्चिम खेल्दै

एनपीएलमा जनकपुर र सुदूरपश्चिम खेल्दै

नागरिक पाटी

२४, कार्तिक २०८३
  • 813
    SHARES
  • एनपीएलमा जनकपुर र सुदूरपश्चिम खेल्दै

    नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

    images

    आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार व्यहोरेको छ । ६ अंक जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ ।

    प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ । जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार व्यहोरेको छ ।

    चार अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०८३ मंगलवार - १०:१७:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology