सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

नेपाललाई यू–१९ महिला क्रिकेटको उपाधि

नेपाललाई यू–१९ महिला क्रिकेटको उपाधि

नागरिक पाटी

२२, कार्तिक २०८३
  • 1.7K
    SHARES
  • नेपाललाई यू–१९ महिला क्रिकेटको उपाधि

    नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । आइतबार हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो । ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्‍यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

    images

    नेपालले सिरिजको पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।

    तेस्रो खेलमा नेपालले हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो । नेपालले पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको थियो ।

    नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन । प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०८३ आइतवार - १६:५८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology