शुक्रवार, कार्तिक २० गते २०८३

Friday, Nov 06 2026 शुक्रवार, कार्तिक २० गते २०८३

गल्छीमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ वडा नं. ६ र महिलातर्फ वडा नं. ३ विजयी

गल्छीमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ वडा नं. ६ र महिलातर्फ वडा नं. ३ विजयी

शिवराज आचार्य

२०, कार्तिक २०८३
  • 372
    SHARES
  • गल्छीमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ वडा नं. ६ र महिलातर्फ वडा नं. ३ विजयी

    धादिङ । गल्छी गाउँपालिकाको आयोजनामा सञ्चालित वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। गल्छी गाउँपालिका–६, बैरेनी बजारमा कात्तिक १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको भएको हो।

    images

    प्रतियोगिताको अन्तिम दिन सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं. ६ ले वडा नं. ४ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। त्यस्तै, महिलातर्फ वडा नं. ३ ले वडा नं. ६ लाई पराजित गर्दै विजयी भएको छ। दुवै विधाका विजेता टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन्।

    887992366_1588799929957460_6079117594340992894_n.jpg
    undefined

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। साथै, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत सम्मान गरिएको छ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित गल्छी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।

    893347202_1588800836624036_2077891818867624626_n.jpg
    समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, खेलाडी तथा खेलप्रेमी दर्शकहरूको सहभागिता रहेको थियो।

    893347202_1588800836624036_2077891818867624626_n.jpg

    प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, सहयोगी तथा स्वयंसेवकप्रति आयोजकले आभार व्यक्त गरेको छ। आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०८३ शुक्रवार - २१:५३:५९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology