शुक्रवार, कार्तिक २० गते २०८३

Friday, Nov 06 2026 शुक्रवार, कार्तिक २० गते २०८३

धादिङका बालबालिकालाई शैक्षिक सामग्री र बाढी प्रभावित परिवारलाई राहत वितरण

धादिङका बालबालिकालाई शैक्षिक सामग्री र बाढी प्रभावित परिवारलाई राहत वितरण

शिवराज आचार्य

२०, कार्तिक २०८३
  • 449
    SHARES
  • धादिङका बालबालिकालाई शैक्षिक सामग्री र बाढी प्रभावित परिवारलाई राहत वितरण

    धादिङका दुई विद्यालयका एक सय ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा भोटेकोशी बाढी प्रभावित पाँच परिवारलाई राहत सामग्री सहयोग गरिएको छ। प्रयास नेपाल धादिङको व्यवस्थापन र सहयोगी दाताहरूको सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो।

    images

    धादिङको गजुरी गाउँपालिका–२ पुर्ख्यौली घर भई हाल आयरल्यान्ड निवासी टीका कँडेलका छोरा निर्माण कँडेलको नेतृत्वमा विदेशी साथीहरू जोन डोयल र जेम्स डोयल लगायतको सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो।

    acbddc4c-7aa5-4ed8-98c9-7c00570f74c5.jfif

    सिद्धलेक गाउँपालिका–६ स्थित गोल्मारानी आधारभूत विद्यालयका ७८ जना र गजुरी गाउँपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका ९५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रयास नेपालले जनाएको छ।

    यसैगरी, गजुरी गाउँपालिका–१ का भोटेकोशी बाढी प्रभावित पाँच परिवारलाई पनि आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिका–६ का वडाध्यक्ष सुरेन्द्र मगर, स्थानीय प्रतिनिधिहरू तारा भण्डारी, दोण कँडेल लगायतको उपस्थिति रहेको थियो।

    44e8f527-7a1c-48a3-9908-8af9cb0addbf.jfif

    कार्यक्रममा बोल्दै सिद्धलेक-६ का वडा अध्यक्ष सुरेन्द्र मगरले प्राप्त सहयोगले विद्यार्थीको सिकाइ निरन्तरतामा मद्दत पुग्नुका साथै बाढी प्रभावित परिवारको दैनिक जीवनयापन सहज बनाउन ठूलो राहत मिलेको बताउनुभयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०८३ शुक्रवार - २०:५५:४७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology