शुक्रवार, कार्तिक २० गते २०८३

Friday, Nov 06 2026 शुक्रवार, कार्तिक २० गते २०८३

धुनिवेशीको १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, १४ स्वर्णसहित भुवनेश्वरी मावि प्रथम

धुनिवेशीको १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, १४ स्वर्णसहित भुवनेश्वरी मावि प्रथम

आशिष ठकुरी

२०, कार्तिक २०८३
  • 666
    SHARES
  • धुनिवेशीको १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, १४ स्वर्णसहित भुवनेश्वरी मावि प्रथम

    धादिङ । धुनिवेशी नगरपालिकाद्वारा आयोजित १६औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भुवनेश्वरी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

    images
    bhu 1.jpeg

    प्रतियोगितामा भुवनेश्वरी मावि पुरानोधार्के १४ स्वर्ण, ८ रजत र ७ कांस्य गरी कुल २९ पदक जित्दै पहिलो स्थान सुरक्षित गरेको हो । त्यसैगरी, मच्छिन्द्र माध्यमिक विद्यालय खानिखोलाले १० स्वर्ण, १० रजत र १० कांस्य गरी कुल ३० पदकसहित दोस्रो स्थान हासिल गरेको छ ।

    bhu 3.jpeg

    महेशधर्म माध्यमिक विद्यालय पुरानोडाँडाले ६ स्वर्ण, ४ रजत र १० कांस्य गरी कुल २० पदक जित्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । धेरै पदक जिते पनि स्वर्ण पदकको सङ्ख्याका आधारमा विद्यालयहरूको स्थान निर्धारण गरिएको प्रतियोगिताको नतिजाले देखाएको छ ।

    bhu 4.jpeg

    चौथो स्थानमा महेन्द्रोदय माध्यमिक विद्यालय मैदानले ४ स्वर्ण, ९ रजत र ३ कांस्य गरी १६ पदक प्राप्त गरेको छ । पाँचौँ स्थानमा त्रिकुटेश्वरी माध्यमिक विद्यालय तेस्रेपानीले ४ स्वर्ण, २ रजत र ३ कांस्य गरी ९ पदक प्राप्त गरेको छ ।

    त्यस्तै, महांकालेश्वरी माध्यमिक विद्यालय छापडाँडा छैटौँ, महादेवस्थान माध्यमिक विद्यालय कुमाईखोला सातौँ, गुडस्टार्ट इङ्लिस स्कुल धार्के आठौँ, डियरवाक धादिङ विद्यालय टायलघर नवौँ र महेन्द्रोदय माध्यमिक विद्यालय चिलाउनेगाउँ दशौँ स्थानमा रहेका छन् ।

    प्रतियोगितामा सहभागी विद्यालयहरूले कुल ५४ स्वर्ण, ५४ रजत र ५९ कांस्य गरी १६७ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । समग्रमा विजेता तथा विषयगत खेलका रुपमा प्रथम दृतिय र तृतिय हुने विद्यालय र विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्रका साथमा सम्मान गरिएको थियो ।

    bhu 5.jpeg

    धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठको विशेष आतित्थ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, विभिन्न व्यक्ति, व्यत्तित्व तथा सरोकारवालाको आतित्थ्यता रहेको थियो ।

    bhu 6.jpeg

    नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान तथा प्रस्फुटन गर्न, खेलकुदप्रति आकर्षण बढाउन र विद्यालयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०८३ शुक्रवार - २१:२७:०६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology