प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहको भारत भ्रमणपछि नेपालीले पनि भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् । प्रधानमन्त्री स्वदेश फिर्ता भएसँगै दुवै देशका भुक्तानी प्रदायकबीच नेपालीलाई पनि भारतमा क्यूआर भुक्तानी सेवा सुरु गर्ने अनौपचारिक सहमति भएको हो । छलफलबाट आगामी एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छलफलमा सहभागी एक अधिकारीले बताए ।