मंगलवार, मंसिर ८ गते २०८३

Tuesday, Nov 24 2026 मंगलवार, मंसिर ८ गते २०८३

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नागरिक पाटी

८, मंसिर २०८३
  • 43
    SHARES
  • गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा।४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा।९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो ।

    images

    टिपरको ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए ।

    तत्काल उद्धार गरी उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०८३ मंगलवार - १८:५१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology