आइतवार, मंसिर १३ गते २०८३

Sunday, Nov 29 2026 आइतवार, मंसिर १३ गते २०८३

गल्छीका रामकुमार रिमालको सङ्गीतमा नयाँ गीत ‘बादलुले चन्द्रमा घेरेझैं’ सार्वजनिक

गल्छीका रामकुमार रिमालको सङ्गीतमा नयाँ गीत ‘बादलुले चन्द्रमा घेरेझैं’ सार्वजनिक

शिवराज आचार्य

१२, मंसिर २०८३
  • 1.1K
    SHARES
  • गल्छीका रामकुमार रिमालको सङ्गीतमा नयाँ गीत ‘बादलुले चन्द्रमा घेरेझैं’ सार्वजनिक

    नेपाली सांगीतिक क्षेत्रमा गल्छीका सङ्गीतकार रामकुमार रिमालको सङ्गीतमा नयाँ गीत सार्वजनिक भएको छ। सन्तोष अधिकारीको प्रस्तुति तथा इनास पोर्चुगलको सहकार्यमा तयार भएको ‘बादलुले चन्द्रमा घेरेझैं’ बोलको गीत सार्वजनिक गरिएको हो।

    images

    गीतमा सन्तोष अधिकारीको शब्द, रामकुमार रिमालको सङ्गीत तथा नारायण दङ्गालको सङ्गीत संयोजन रहेको छ। गीतमा सन्तोष अधिकारी र कोपिला तामाङ वाइबाको स्वर सुन्न सकिन्छ।

    नेपाली मौलिक भाव र प्रेमिल अनुभूतिलाई समेटिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रिमालले यस गीतमार्फत आफ्नो सङ्गीत सिर्जनालाई पुनः श्रोतामाझ ल्याएका छन्।

    शिखरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको नेपालमा सागर पुन र पोर्चुगलमा उडानले रेकर्डिङ गरेका हुन्। कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

    गीतको निर्देशन सुनिल गिरीले गरेका छन् भने नृत्य निर्देशन नृपध्वज खत्रीको रहेको छ। रविन्द्र न्यौपानेको छायाङ्कन, प्रवीण भट्टको सम्पादन र अमृत मरहट्टाको शृङ्गार रहेको भिडियोमा सगुन श्रेष्ठ, सन्तोष अधिकारी र मोना राईको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ। गीतकी निर्मात्री विमला अधिकारी हुन्।

    नेपाल र पोर्चुगलबीचको सांगीतिक सहकार्यलाई जोड दिएको यस गीतले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    https://youtu.be/YGOQs6LOdUU

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८३ शनिवार - २०:५२:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology