बिहिवार, भाद्र ४ गते २०८३

Thursday, Aug 20 2026 बिहिवार, भाद्र ४ गते २०८३

इरानमाथि अहिलेसम्मकै कठोर कारबाही : ट्रम्प

इरानमाथि अहिलेसम्मकै कठोर कारबाही : ट्रम्प

नागरिक पाटी

४, भाद्र २०८३
  • 1.0K
    SHARES
  • इरानमाथि अहिलेसम्मकै कठोर कारबाही : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन् ।

    images

    बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कारबाही घोषणा गरेका छन् । उनले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । 

    ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ०७:३३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology