बिहिवार, मंसिर ३ गते २०८३

Thursday, Nov 19 2026 बिहिवार, मंसिर ३ गते २०८३

फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु गरिने

फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु गरिने

नागरिक पाटी

२, मंसिर २०८३
  • 1.6K
    SHARES
  • फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु गरिने

    तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु गरिने भएको छ । सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

    images

    मकवानपुरको भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज ञब्रेक थ्रुझ हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेको छ ।

    अर्कोतर्फको ३.४८६ किमिको सुरुङ गत भदौमा ब्रेक थ्रु भइसकेको छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् । नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८३ बुधवार - ०९:१९:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology