शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिल्पाले १० करोडको अफर किन अस्वीकार गरिन् ?

शिल्पाले १० करोडको अफर किन अस्वीकार गरिन् ?

  • 3.0K
    SHARES
  • एजेन्सी । बलिउड अभिनेत्री सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहन्छिन् । ४४ वर्षको उमेरसम्म पनि फिट रहेकी शिल्पालाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको लागि १० करोड भारतीय रुपियाँ अफर गरेको थियो । तर उनले १० करोडको अफर अस्वीकार गरिदिइन् । मिडिया रिपोर्टको अनुसार एउटा कम्पनीले शिल्पालाई ‘आयुर्वेदिक स्लिमिंग पिल्स’ को प्रमोशनको लागि अफर गरेको थियो । आयुर्वेदिक विधिबाट पातलो बन्ने चक्कीको विज्ञापनको लागि गरिएको उक्त अफर उनले अस्वीकार गरिदिइन् । शिल्पाले भनिन्, ‘म कुनै यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईंलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्नुे र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’ २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १९:१३:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology