शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्देशक बोहराको ‘ओ प्रिया’ घोषणा

निर्देशक बोहराको ‘ओ प्रिया’ घोषणा

नागरिक पाटी

२९, माघ २०७६
  • 7.1K
    SHARES
  • काठमाडौं ।निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो । सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहने छ । नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने फिल्मको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको फिल्मको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ । निर्देशक बोहराको यसअघिको फिल्म ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ । सो फिल्म दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । सो फिल्म प्रि–प्रोडक्शनमा रहेको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७६ बुधवार - १९:०८:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology