आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सत्यवती माध्यमिक विद्यालयलाई मदन भण्डारी मेमोरियल तेस्रो रनिङ शिल्ड प्रतियोगिताको उपाधी

सत्यवती माध्यमिक विद्यालयलाई मदन भण्डारी मेमोरियल तेस्रो रनिङ शिल्ड प्रतियोगिताको उपाधी

शिवराज आचार्य

१, फाल्गुण २०७६
  • 8.3K
    SHARES
  • धादिङ । मदन भण्डारी मेमोेरियल तेस्रो रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी सत्यवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा सत्यवती मा।विले ९ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १८ पदक सहित १५० अङक ल्याएर उपाधी जितेको हो । यसैगरी सिद्धेश्वर माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । सिद्धेश्वर माविले प्रतियोगितामा ४ स्वर्ण र ३ कास्य गरि जम्मा ७ पदक सहित ७८ अङ्क ल्याई दोस्रो भएको छ । यसैगरी महाकाली माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएको छ । महाकालीले प्रतियोगितामा २ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ६ पदक सहित ३६ अङ्क ल्याई तृतीय स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने विद्यालयलाइ, प्रमाणपत्र, मेडल लगायत क्रमश १५ हजार, १० हजार र पाँच हजार नगद पनि प्रदान गरिएको छ । सिद्धलेक गााँउपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले छात्र भलिवलमा सिद्धेश्वर मावि प्रथम, नलाङ पात्ले मावि द्धित्तिय र सत्यवति मावि तृत्तिय भएको छ भने छात्रा भलिवल तर्फ सत्यवति मावि प्रथम, नलाङ मोडेल एकेडेमि द्धित्तिय र सिद्धेश्वर मावि तृत्तिय भएको जानकारी दिनुभयो । सिद्धलेक गााँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा महाकाली माध्यमिक बिधालयको सह–आयोजना भएको तेस्रो रनिङ शिल्ड प्रतियोगितामा सिद्धलेक गााँउपालिकाका १४ वटा माध्यमिक बिधालयको सहभागीता रहेको थियो । प्रतियोगितामा छात्र/छात्राका भलिबल, लङजम्म, हाईजम्प, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स लगाएत विभिन्न बिधाका खेलहरु खेलाईएको छ । सिद्धलेक गाँउपालिका वडा नं ७ को पिपलटार स्थित महाकाली मा. बि. मा सोमबारदेखी सुरु भएको तेस्रो रनिङ शिल्ड प्रतियोगिता बुधबार समापन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गााँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँ–ठाउँमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने उदेश्यले यो प्रतियोगितालाई निरन्तरता दिईएको बताउनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७६ बिहिवार - १९:०३:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology