शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

नागरिक पाटी

८, श्रावण २०८३
  • 1.7K
    SHARES
  • शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

    शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने बताउनुभएको छ।

    images
    images

    शिक्षा पत्रकार समूहका प्रतिनिधिसँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय अलोकप्रिय जस्तो देखिए तापनि यो व्यवस्था नहट्ने र यसले निरन्तरता पाउने स्पष्ट पार्नुभयो।

    सोही क्रममा मन्त्री पोखरेलले शिक्षकको सरुवासम्बन्धी विषयमा बोल्दै नियमावली तत्काल संशोधन गर्न नसकिने बताउनुभयो। "शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्छ," उहाँले भन्नुभयो, "तसर्थ तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न सकिँदैन।" 

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १७:४२:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology