शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका स्तरिय युवा परिषद सभा सम्पन्न, १९ सदस्य युवा गाउँ परिषद सञ्चालन समिति गठन

थाक्रे गाउँपालिका स्तरिय युवा परिषद सभा सम्पन्न, १९ सदस्य युवा गाउँ परिषद सञ्चालन समिति गठन

नागरिक पाटी

४, फाल्गुण २०७६
  • 10.8K
    SHARES
  • धार्के,धादिङ । धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ११ को महादेवबेशी बालुवाफाँटमा सिड्स नेपाल धादिङ र संस्थागत विकास सञ्जालको साझेदारीमा सञ्चालित विकासका लागी युवा नेत्रित्व कार्यक्रम अन्तरगत थाक्रे गाउँपालिका स्तरिय युवा परिषद गठन कार्यक्रम सम्पन्न भएको छ ।थाक्रे गाउँपालिकाकोे प्रतेक वडाका युवा संवाद समुहबाट छनोट भएका तिन जना ,विकासका लागी युवा नेत्रित्व तालिम प्राप्त १६ जना समेत गरि ४९ जनाको गाउँ परिषद सभा गढन गर्दै १९ सदस्य युवा गाउँ परिषद सञ्चालन समिति गठन गरिएको छ । जस्को संयोजकमा मधुसुदन रुपाखेती,सहसंयोजकमा सविना खड्का ,सचिवमा सानुकान्छा मगर,सहसचिवमा विपिना अधिकारी,कोषध्यक्षमा विनिता प्रजा सहित १९ सदस्य सञ्चालन समिति गठन भएको छ । सो कार्यक्रमबाट आगामी दिनमा युवाले शिक्षा,स्वास्थ्य,सास्कृतिक संरक्षण,सामुदायिक शान्ती र सवृद्धी,सामुदायिक विकास, लैंगिक तथा जातिय विभेद विरुद्धको समाबेशी विभाग,सिप र रोजगारी, कृषी पर्यटन,बाल संरक्षण, दुर्वेषनी र लागु औषध विरुद्धको सचेतना समुह समेत गठन गरि आगामि यहि फागुन १० गते युवा सिकाई अभियान सञ्चालन गर्ने निर्णय भएको छ । सिड्स नेपाल धादिङका अध्यक्ष माधब खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जिसस सदस्य उर्मिला रेग्मी, सिड्सका कार्यकारी निदेशक गोकण रुपाखेती ,थाक्रे गाउँपालिका वडा नम्बर ६ र ११ का वडा अध्यक्ष , संस्थागत विकास सञ्जालका कार्यक्रम अधिकृत प्रबेशराज लगायत अन्य ६० जनको सहभागिता रहेको सिड्सका कार्यकारी निदेशक गोकण रुपाखेती जानकारी दिनु भयो ।
    २०७६ फागुन ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०४:५५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology