शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा अध्यक्ष थापा भन्छन्, "एमसिसी नेपालको हितमा छ"

राप्रपा अध्यक्ष थापा भन्छन्, "एमसिसी नेपालको हितमा छ"

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 5.6K
    SHARES
  • रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० आयोजना नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । “सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ । उनले भने, “एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने बताए । अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए ।  

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - २०:१९:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology