शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१० वर्षपछि नवराज घोरासैनीले लिएर आए ‘मिरमिर कपालैमा’

१० वर्षपछि नवराज घोरासैनीले लिएर आए ‘मिरमिर कपालैमा’

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 7.9K
    SHARES
  • काठमाडौं । चर्चित लोकगायक नवराज घोरासैनीले करिब १० वर्षपछि आफूलाई ‘कमब्याक’ गरेका छन्। गायक घोरासैनीले ‘मिरमिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन्। आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिरमिर कपालैमा’ ल्याए। ‘मिरमिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन्। गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताए। "लामो समयको अन्तरालपछि ‘मिरमिर कपालैमा’ ल्याएर आएको छुु, उनले भने, "गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।" https://youtu.be/7OIfOJF7CbU यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो।।।’ बोलको गीत ल्याएका थिए। त्यसबेला यो गीत लोकप्रिय भएको थियो। उनले थुप्रै गीतहरूमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन। उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिरमिर कपालैमा’ गीत ल्याएका छन्। काँठे भाकाको ‘मिरमिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे। गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन्। एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - २०:२४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology