शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिपावलीसहित तीन दिन सम्म प्रजातन्त्र दिवस मनाईँदै

दिपावलीसहित तीन दिन सम्म प्रजातन्त्र दिवस मनाईँदै

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 6.6K
    SHARES
  •   काठमाण्डौँ । सरकारले ७०औं प्रजातन्त्र दिवस तीन दिन दिपावली गरी मनाउने भएको छ। फागुन ७ गते प्रजातन्त्र दिवस भए पनि फागुन ६ देखि ८ गतेसम्म तीन दिन उक्त दिवस मनाउन सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। सरकारले उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाहरुलाई फागुन ६ गते आ(आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको सरसफाई तथा सजावन गर्न भनेको छ। फागुन ७ गते सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाउने छ। त्यसपछि सेनाले तोप र बन्दुकको बढाई गर्नेछ। सोही दिन प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरुको आत्माको चिरशान्तिको लागि गुठी संस्थानलगायत विभिन्न धार्मिक संघ संस्थाहरुबाट पूजापाठ तथा प्रार्थना गरिनेछ। फागुन ७ गते नै सैनिकमञ्चक एक कार्यक्रममा आयोजना गरिनेछ। सैनिकमञ्चमा ‘७०औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६’ अंकित व्यानरले सुसज्जित नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र बेलुन उडाउने कार्यक्रम रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - २०:२८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology