शिवराज आचार्य
महादेववेशी, ०८ फागुन । धादिङको थाक्रे गाउँपालिका पुर्णिमा परियोजना सञ्चालन भएका स्थानिय तहहरु मध्येबाट स्वमुल्याङकनको आधारमा ७३ अङ्क सहित पहिलो स्थानमा परेको छ । परियोजनाले लिजा सुत्रमा थाक्रेले गरेका कामहरुको बारेमा गाउँपालिकाको पदाधिकारी, कर्मचारीहरुसँग गरेको लेखाजोखाबाट धादिङमा परियोजना सञ्चालन भएका ५ गाउँपालिकाहरु मध्ये उत्कृष्ट गाउँपालिका भएको गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा जानकारी गराईएको हो ।
गाउँपालिकामा ५ दिनसम्म सन्चालन भएको पालिकाको विभिन्न १२ वटा क्षेत्रहरुको मुल्याङकनबाट सामुहिक नतिजा मध्ये थाक्रे उत्कृष्ट भएको जनाईएको छ । शासकिय प्रबन्ध, भौतिक पुर्वाधार, सँगठन तथा प्रशासन लगायतका क्षेत्रमा सय अङक मध्ये थाक्रेले ७३ अङक प्राप्त गरेको हो ।

पुर्णिमा परियोजनाले धादिङका ५ वटा गाउँपालिकामा परियोजना सञ्चालन गर्दै आईरहेको छ । त्यसमध्ये स्वमुल्याङकनमा खनियाबास, ज्वालामुखी र थाक्रेको नतिजा निकालेको छ । जसमा थाक्रे दुई गाउँपालिका भन्दा अगाडी रहेको छ । स्वमुल्याकनबाट लिजा सुत्रमा जानका लागी १२ वटा क्षेत्रहरु निर्धारण गरिएको थियो । त्यसकै आधारमा नतिजा बाहिर आएको पुर्ब सहसचिव तथा पुर्णिमा परियोजनाका पुरुषोत्तम नेपालले बताउनुभयो ।
उहाँले गाउँपालिकाले गरेको सेवा प्रबाह हेर्दा नेपालकै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले निर्धारण गरेको कर तथा अन्य बिषयलाई राम्रोसँग राजस्वको संकलन गरेको समेत बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले यस परियोजनासँग अन्य बिभिन्न कार्यक्रमहरुमा सहजीकरण गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।