सिद्धलेक, फाल्गुन ८। धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चेपेमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । बोहार फाउन्डेसन,हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज २४ जनालाई बाख्रा उपहार गरीएको हो ।

बाघभैरव स्वालम्बी महिला समुहले गुरुदेवी स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २र२ ओटा बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो । बाघभैरव स्वालम्बी महिला समुहका अध्यक्ष ईन्द्रमाया घलेको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य , हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम कार्यक्रम अधिकृत बिशाल बस्नेत ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, संचारकर्मीहरु , सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको सामुदायिक सहजकर्ता एकराज पण्डितले जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । यसैगरी गाउँपालिकाका अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
सिलवालले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गरेको बताउनु भयो । उपहार कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल ५९ मुल तथा उपहार समूह र उपहार महिला कृषि सहकारी मार्फत उत्पादन तथा उत्पादकत्व बृदि र बजारीकरण सम्बन्धि कार्यमा सहजिकरण तथा सहयोग गरिएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।