शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बर्षा र हिमपातको सम्भावना

बर्षा र हिमपातको सम्भावना

नागरिक पाटी

९, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं । नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव आज देशभरको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू(भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ। आज पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने समेत अनुमान गरिएको छ । पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सर्तकता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शनिबार देशभर आँशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू(भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ। आइतबारबाट मौसम सफा रहने छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७६ शुक्रवार - १७:३७:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology