धादिङ ,१०फागुन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को दामेचौरमा हस्तकला तालिम सम्पन्न छ। नेपाल आदीवासी जनजाति महासघं थाक्रे परिषदको आयोजना र थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम आज सम्पन्न भएको महासचिव अरुण लामाले जानकारी दिनु भएको छ ।

नेपाल आदीवासी जनजाति महासघं थाक्रे परिसदका अध्यक्ष शंकर तामाङ को आधाक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य प्रमुख आथित्यता रहेको थियो ।

हस्तकला तालिममा थाक्रे गाउँपालिका भित्रका ४ वडाका महिलाहरुको सहभागीता रहेको थियो । वडा नम्बर ४, ५, ७ र ८ नम्बर वडाका २० जना भन्दा बढि महिलाहरु सहभागी भएको हस्तकला तालिममा बच्चाका लागी खेलौना,झोला , सजावटका समानहरु लगायतका सामानहरु बनाउन सिकाइएको कार्यपालिका सदस्य रजनी लामाले जनाकारी दिनु भयो ।