१४, फाल्गुण २०७६
गजुरी धादिङ ,१४ फाल्गुन । गजुरी गाउँपालिका वडा नम्बर ६ मा वडा स्तरिय बालसमुह संञ्जालको भेला सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयमा भएको बालसमुह संञ्जाल भेला ज्ञानज्योती बाल समुहको आयोजना,गजुरी गाउँपालिका वडा नम्बर ६ कोे समन्वय र प्रयास नेपाल धादिङको सहयोगमा सम्पन्न भएको हो । बालसमुहको भेलाले सपना अधिकारीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति पुर्नगठन गरेको छ । पुर्नगठीत सञ्जालको उपाध्यक्षमा वसन्त अधिकारी, सचिवमा विनिता चेपाङ गरि १७ सदस्य कार्यसमिति चयन गरीएको छ ।
ज्ञान ज्योती बाल समुहकी अध्यक्ष सपना सुवेदीको अध्यक्षतामा सम्पन्न भएको भेलामा गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन बहादुर भुजेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गजुरी गाउँपालिका स्तरीय संजालका अध्यक्ष भुवन भण्डारीे, प्रयास नेपालका संस्थापक उपाध्यक्ष कापिलदेव सापकोटा, प्रयास नेपालका फिल्ड संयोजक नवराज लामिछाने, भानुभक्त मा। वि का शिक्षक पुष्पराज सुवेदी, जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक राधा कडेंल लगायत ७ वटा विद्यालयका शिक्षक प्रतिनिधि तथा बालक्लबका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बाल समूह संञ्जालले बाल अधिकार तथा उत्तरदायित्व बिषय र जीवन उपयीगी सीप, बालबालिकाहरुको नेतृत्व साथै सामाजिक विकास अभियानहरुमा संभावकको रुपमा कार्य गर्दै आएको अध्यक्ष सपना अधिकारीले बताउनु भयो । गजुरी गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गर्न योजना बद्ध रुपमा गाउँ,टोल ,बिद्यालय समुदाय तहमा बाल समूह गठन,क्षमता विकास तथा परिचालन गरिएको वडाध्यक्ष अर्जुन भुजेल बताउनु भयो । गजुरी गापामा ८ वटै वडामा बाल समूह संञ्जाल क्रियासिल रहेको गाउँ बालसमुह संञ्जालका अध्यक्ष भुवन भण्डारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति :फाल्गुण १४, २०७६ बुधवार -
१६:१८:३३ बजे