शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महिला तथा किशोरी हिंसा बिरुद्धको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

महिला तथा किशोरी हिंसा बिरुद्धको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

नागरिक पाटी

१४, फाल्गुण २०७६
  • 6.8K
    SHARES
  • गजुरी धादिङ ,१४  फाल्गुन । प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारी तथा गजुरी र बेनिघाटरोराङ गाँउपालिकाको समन्वयमा सञ्चालन गरेको महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रम प्रभावकारी भएको गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भयो । मंगलबार गजुरी गापा वडा नं। १ को प्राङ्गणमा प्रयास नेपाल धादिङले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा बस्नेतले सो कुरा बताउनु भएको हो । बस्नेतले संस्थाले महिला तथा किशोरीहरुको क्षमता बिकास तथा आयआर्जनमा गरेको लगानी फलदायी देखिएको र आगामि दिनमा दिगोपन र समुहको संस्थागत विकासमा गाउँपालिकाले जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाको विकास योजनामा सहयोग गरेकोमा संस्था प्रति आभार व्यक्त गर्नु भएको थियो । प्रयास नेपाल धादिङले कार्यक्रम प्रगति तथा प्रभावको बारेमा जानकारी गराउने र स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरु संगको समिक्षा कार्यक्रम गरेको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । गजुरी र बेनिघाटरोराङ गाँउपालिकामा लामो सयम देखि विकास साझेदारको रुपमा कार्यरत गैरसरकारी संस्था प्रयास नेपाल धादिङले गजुरी र बेनिघाटरोराङ गाँउपालिकामा महिला सशक्तीकरण कार्यक्रम संचालन गर्दै आएको छ । बार्षिक प्रगति समिक्षा कार्यक्रममा ३८ जना महिला सहित ६४ जनाको सहभागीता रहेको थियो । महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रमले गरेका क्रियाकलाप ,नतिजा र प्रभावहरुको बारेमा समिक्षा भएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुनिल केसीले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङका अध्यक्ष सबिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले कार्यक्रम संचालनको अौचित्य र महत्त्वको बारेमा जानकारी गराउनु भएको थियो । समीक्षा कार्यक्रममा बेनिघाटरोङ गापाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई ,गजुरी गापाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल , गजुरी र बेनिघाटर‍राङ गापाका विभिन्न वडाका वडाध्यक्षहरु,बाल बिकास सहजकर्ता,बिद्यालय प्रधानाध्यापक ,समूह अगुवा लगायतको उपस्थिति रहेको गजुरीबाट उषा थापा मगरले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १४, २०७६ बुधवार - १६:२५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology