शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 3.7K
    SHARES
  • दाङ । बागरखोलामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ को बागरखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक चक्रबहादर डमरपालले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - १७:२६:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology