शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय गौशला निर्माणको लागि धादिङमा सप्ताह ज्ञान महायज्ञ हुँदै

राष्ट्रिय गौशला निर्माणको लागि धादिङमा सप्ताह ज्ञान महायज्ञ हुँदै

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 6.1K
    SHARES
  • धादिङ, फाल्गुण १७, । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति, धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकद्धारा यस्तो जानकारी गराइएको हो । शिरोमणि पण्डित रामकृष्ण उपाध्यायको मुखारविन्दुबाट उक्त सप्ताह ज्ञान महायज्ञको वाचन हुने पनि आयोजकले जनाएको छ । आयोजक संस्थाकाअनुसार उक्त महायज्ञबाट एक करोड रुपैयाँ संकलन गरिने उद्देश्य राखिएको छ । महायज्ञ सफल बनाएर गौमाताको संरक्षणको लागि निर्माण गर्न लागिएको राष्ट्रिय गौशला निर्माणको लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने अपिल आयोजकले गरेको छ । कार्यक्रममा ब्रम्हाण समाज धादिङ जिल्ला अध्यक्ष गंगादत्त तिमल्सिनाले यो पवित्र उद्देश्य राखेर सुरु गर्न लागिएको महायज्ञलाई सफल बनाउनको लागि सहयोगको अपिल गरे । उनले गौमाता, जन्ममाता, धर्तीमाताको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन तथा उक्त अभियानका संयोजक राम भट्टले ७७ वटै जिल्लामा गौशला निर्माण गर्न महायज्ञ लगाउने घोषणा गरे ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - ०२:४८:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology