शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा ईट्टा उद्योगका कामदारहरुको लागि अभिमुखिकरण सम्पन्न

धुनिबेशीमा ईट्टा उद्योगका कामदारहरुको लागि अभिमुखिकरण सम्पन्न

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 6.0K
    SHARES
  • धुनिबेशी, १७ फाल्गुन ईट्टा उद्योगमा बोकाई र ज्यामी काम गर्ने कामदारहरुको लागि एक दिने अभिमुखिकरण कार्यशाला शनिबार धुनिबेसीमा सम्पन्न भएको छ । ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई बेटर ब्रिक नेपाल कार्यक्म अन्तरगत बिबिएन मापदण्डहरुको बारेमा जानकारी गराउन र श्रममैत्री ईट्टा उद्योग प्रर्बधन तथा श्रमिक मैत्री ईट्टा उद्योग र सामाजिक उत्तरदायी उत्पादनमा सहजताको लागि अभिमुखिकरण संचालन भएको हो । कार्यक्रममा बलम्बु महालक्ष्मी ईट्टा उद्योग धुनिबेसी वडा नं ३ का कामदारहरुको लागि संचालित अभिमुखिकरण ३९ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बेटर ब्रिक नेपाल मापदण्डहरुमा बालश्रम मान्य छैन,बाध्यकारी इच्छा बिपरितको श्रम मान्य छैन, पारिश्रमिक तथा कार्य घण्टा÷समय ,कार्यस्थल सुरक्षा र स्वास्थ्य, अमानविय व्यवहार मान्य छैन भन्ने बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुनिता कडेलले जानकारि गराउनु भएको थियो । कार्यक्रम पछि अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात साथमा बोक्नु पर्ने , श्रम र श्रमिक मैत्री सम्बन्धि धेरै सुचना पाईएको र कामदार र उद्योगी काम,कर्तव्य अधिकार र उत्तरदायित्वका बारेमा समेत स्पष्ट हुन पाएकोमा कामदार सोविता बस्नेत,नारायण राई लगायत कामदारहरुले खुशी व्यक्त गर्दै निरन्तर रुपमा यस्तो जानकारीमुलक संचालनमो माग समेत गरेका छन् । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङ र ग्लोवल फेयरनेश इनिसियटिभको साझेदारीमा सञ्चालित वे्रटर व्रिक नेपाल कार्यक्रम संचालन गरिएको पनि कार्यक्रम संयोजक सुनिता कडेलले बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - ०४:५८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology