शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेबबेशीमा वडास्तरिय बालअधिकार समितीका सदस्यहरुलाई घटना ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

महादेबबेशीमा वडास्तरिय बालअधिकार समितीका सदस्यहरुलाई घटना ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

नागरिक पाटी

१९, फाल्गुण २०७६
  • 6.6K
    SHARES
  • सन्तोष सुवेदी महादेबबेशी १८ फागुन । वडास्तरिय बालअधिकार समितीका सदस्यहरु तथा सिड्स नेपाल धादिङको जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना एसभिसि अन्तर्गतका ब्यक्तिहरुलाई घटना ब्यबस्थापन सम्बन्धि तालिम दिईएको छ । सिड्स नेपाल धादिङको जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना एसभिसि अन्तर्गत गठन भएका वडास्तरका बालसंरक्षण समितीका सदस्यहरुलाई ३ दिने तालिम दिईएको हो । बिषेशगरि वडामा रहेका बालबालिकाहरुको अबस्था के छ ? वडामा रहेका बालबालिकाहरुलाई कसरी ब्यबस्थापन गर्ने ? जोखिम अबस्थामा रहेका बालबालिकाहरुलाई कसरी ब्यबस्थापन गर्ने जस्ता बिषयमा छलफल गर्दै ३ दिने तालिम आज सम्पन्न भएको हो । बिषेश गरि वडामा हुने बिभिन्न घटनाहरुलाई चरणबद्ध रुपमा अगाडी बढाउने बिषयमा पनि छलफल भएको छ । प्रथमत ःबालबालिकाको क्षेत्रमा कुनै जोखिम तथा घटना भए त्यसलाई पहिचान गरि दर्ता गर्नुपर्ने कुरामा पनि छलफल भएको छ । बालबालिका र परिवारमा लेखाजोखा, स्याहार योजनाको तर्जुमा, स्याहार योजनाको कार्यान्वयन, स्याहार योजनाको अनुगमन तथा समिक्षा र समापन लगायतका चरणहरु हुन्छन् भन्ने बिषयमा पनि कुराकानी तथा समुह छलफल भएको थियो । ३ दिने तालिममा वडास्तरिय बालअधिकारको काम, कर्तब्य, अधिकार लगायतका कुरामा पनि छलफल भएको छ । प्रशिक्षक सुशिलराज गिरीले ३ दिने प्रशिक्षण दिँदै यसलाई कार्यान्वयनको बाटोमा पनि लैजानुपर्ने बताउनुभयो । जेखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना एसभिसिका अधिकृत दिलबहादुर रम्तेलले अहिले सिकेका सिपलाई भोली प्रयोग गर्दै जानुपर्ने र प्रत्येक वडामा बाल कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो । सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले ३ दिने तालिममा सहभागी हुने सम्पुर्ण टिमलाई धन्यवाद सहित प्रमाणपत्र प्रदान गर्नुभयो । सिड्स नेपाल धादिङ, युएमएन धादिङ क्लस्टरको साझेदारीमा ३ दिने तालिम सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - ०३:०४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology