शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

प्रयास नेपालद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

नागरिक पाटी

१९, फाल्गुण २०७६
  • 4.8K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ धार्केमा रहेको जालपादेवी ईँटा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उद्योग परिसरमा प्रयास नेपालद्धारा आयोजित कार्यक्रममा बेटर ब्रिक परियोजना अन्तर्गत १८ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । विद्यालय पोसाक, विद्यालय झोला सहितका शैक्षिक सामाग्री धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, वडा अध्यक्ष कान्छा तामाङ, समाजसेवी रामचन्द्र आचार्य लगायतले बालबालिकालाई प्रदान गर्नुभएको हो । प्रयास नेपालले जालपादेवी सहितका विभिन्न ईटा उद्योगमा परियोजना सन्चालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - ०३:५८:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology