शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिभुवन विमास्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने

त्रिभुवन विमास्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने

नागरिक पाटी

१९, फाल्गुण २०७६
  • 5.4K
    SHARES
  • काठमाण्डौ,१९ फागुन । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य जाँच हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच लगायतका काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच गर्ने निर्णय गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा‍‍।हेमन्त चन्द्र ओझा, अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - १४:४१:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology