शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारीमा

सरकार नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारीमा

नागरिक पाटी

१९, फाल्गुण २०७६
  • 4.9K
    SHARES
  • काठमाण्डौ,१९ फागुन । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिएका छन् । तर यसबारे औपचारिक निर्णय भने हुन बाँकी छ । नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष र सगरमाथा सम्वाद सान्दर्भिक नहुने भएकाले दुवै कार्यक्रम स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - १४:४६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology